राष्ट्रियसभा निर्वाचन : बेनी नगरपालिकाकी उपमेयर बरुवालले गरिन् मतदान

पोखरा। राष्ट्रियसभा सदस्य निर्वाचनमा म्याग्दीको बेनी नगरपालिकाकी उपमेयर सञ्जु बरुवालले मतदान गर्नुभएको छ । आफ्नो पार्टीको उम्मेदवार नरहेको प्रदेशमा मतदान नगर्ने पार्टी ह्वीप विपरीत उपमेयर बरुवालले मतदान गर्नुभएको हो। राप्रपाले चुनावको अघिल्लो दिन सूचना जारी गरेरै मतदानमा सहभागी नहुन निर्देशन गरेको थियो।

उपमेयर बरुवाल मंगलबार नै मतदानका लागि पोखरा पुग्नुभएको थियो । ‘ मतदान नगर्ने भनेर मलाई आधिकारीक सुचना आएको थिएन,’ उहाँले भन्नुभयो, ‘मैले मतदान गरेँ। पार्टीले कारबाही गरे पनि भोग्ने होला अब।’ राप्रपाबाटै निर्वाचित हुनुभएका बागलुङका उपमेयर सुरेन्द्र खड्का भने मतदानमा सहभागी हुनुभएन ।

 

सम्बन्धित समाचार

thumbnail

गलेश्वरघाम आमा समुहले नगरका जनप्रतिनिधीहरुलाई बधाई तथा स्वागत

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा बधाई दिएका छन् । शनिबार गलेश्वरघाम आमा समुहको आयोजनामा गलेश्वरमा एक कार्यक्रम बिच बेनी नगर पालिकाकामा निर्वाचित प्रमुख सुरज केसी, उपप्रमुख ज्याती लामीछाने…

thumbnail

बेनी नगरपालिकाका जनप्रतिनिधिहरुको विदाई र स्वागत (फोटो फिचर)

बेनी । म्याग्दीको बेनी नगरपालिकामा ३० बैशाखको चुनावबाट निर्वाचित भएर आएका जनप्रतिनिधिको स्वागत र निवर्तमान जनप्रतिनिधिहरुलाई स्वागत गरिएको छ । साथै सोही कार्यक्रममा निर्वाचित उपमेयर ज्योती लामिछाने सहित वडा अध्यक्ष र सदस्यहरुको…

thumbnail

पाँच पालिका र ४० वडाको मतगणना सकिँदा म्याग्दीमा कसले कहाँ जिते ?

बेनी । स्थानीय तह निर्वाचन अन्तरगत म्याग्दीका पाँच वटा स्थानीय तह र ४० वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । मतगणना सार्वजनिक भएका दुई वटा पालिकामा एमाले अध्यक्ष, उपाध्यक्ष दुवै, एक वटामा…