स्थानीय तह निर्वाचनबारे निर्वाचन आयोगमा सर्वदलीय बैठक

काठमाडौं । निर्वाचन आयोगमा सर्वदलीय बैठक सुरु भएको छ । स्थानीय तहको आगामी निर्वाचन लगायतका विषयमा छलफल गर्न आयोगले बोलाएको थियो ।

आयोगको कार्यालय कान्तिपथमा बैठक सुरु भएको हो ।बैठकमा एमालेका तर्फबाट विष्णु रिमाल, निरज आचार्य र भीष्म अधिकारी पुगेका छन् । त्यस्तै नेपाली कांग्रेसबाट रमेश लेखकलगायत नेताहरू आयोगमा छन् । नेकपा (माओवादी केन्द्र) बाट लीलामणि पोखरेललगायतका नेता छन् ।

नेकपा (एकीकृत समाजवादी), जनता समाजवादीलगायतका दलबाट भने प्रतिनिधि आउन बाँकी छ।नेपाल मजदुर किसान पार्टीको प्रतिनिध्व गर्दै प्रेम सुवाल बैठकमा गएका छन् । नेपाली जनता दलबाट हरिचरण साह, नेपाल संघीय समाजवादी दलबाट मोहम्मद रिजवान अन्सारीलगायत आयोग पुगेका छन् । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार