माओवादी केन्द्रले टुंगो लगायो राष्ट्रियसभा निर्वाचनका उम्मेदवार

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारहरूको नाम टुङ्गो लगाएको छ । माओवादी अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार पार्टीले प्रदेश २ मा उर्मिला अर्याल, गण्डकीमा सुरेश आलेमगर (अन्य समूह) र भरत सुनार (दलित), कर्णालीमा नरबहादुर विष्ट (अपाङ्गरअल्पसङ्ख्यक) र सुदूरपश्चिममा जगत पार्की (दलित)लाई उम्मेदवार बनाएको हो ।

सोमबार बसेको माओवादीको केन्द्रीय समिति बैठकले राष्ट्रिय सभा सदस्यका उम्मेदवार चयन गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो । सोही अनुसार प्रचण्डले मंगलबार बिहान उम्मेदवारको टुङ्गो लगाएको प्रचण्डको सचिवालयले जनाएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार