अतिरिक्त शुल्क खारेजीको माग गर्दै काठमाडौं मेडिकल कलेजमा नेविसंघको रिले अनसन

काठमाडौँ । नेपाल विद्यार्थी संघले काठमाडौं मेडिकल कलेज सिनामंगलमा रिले अनसन सुरू गरेको छ । कलेजले विद्यार्थीहरूसँग अतिरिक्त शुल्क मागेको विरोधमा नेविसंघले रिले अनसन गरेका हुन्।

उनीहरूले कलेजले मनोमानी ढंगले तोकेको अतिरिक्त शुल्क खारेज गर्नुपर्ने, चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क कार्यान्वयन गर्नुपर्नेजस्ता माग राखेका छन्। चिकित्सा शिक्षा आयोगले तोकेअनुसार सबै प्रक्रिया पुयाएका विद्यार्थीहरुको हकमा तुरून्तै नियमित कक्षा सञ्चालन गरी पठनपाठनको व्यवस्था मिलाउनुपर्ने माग पनि उनीहरूले राखेका छन्।

माग पूरा नभएसम्म रिले अनसन जारी राख्ने नेविसंघ पूर्वकोषाध्यक्ष शिव रिमालले बताउनुभयो। आज विद्यार्थीहरू नरेश भट्ट, दयाल सत्सगी, राजन पाण्डे, सोनु यादव, राजु अधिकारी, मजिला गिरी, श्रीयुता खतिवडा, भागेश्वरी एर, रोजिना जिसी र अनु थापा रिले अनसन बसेका छन्। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार