पाहुनाको हत्या आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ

विराटनगर । उत्तरी मोरङको लेटाङमा घरमा आएका वृद्ध पाहुनाको हत्या आरोपमा अर्का वृद्ध पक्राउ परेका छन् । ६० वर्षीय वृद्धको हत्यामा संलग्न भएको आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार लेटाङ नगरपालिका– २ फँडानीमा ६० वर्षीय प्रेमबहादुर बुढाथोकीको हत्या भएपछि हत्या आरोपमा प्रहरीले ८१ वर्षीय वृद्ध डम्बरबहादुर भुजेललाई पक्राउ गरेको हो ।

सोमबार बेलुका भुजेलको आँगनमा बुढाथोकीको शव भेटिएको थियो। बुढाथोकी भुजेलकोमा पाहुना लाग्न आएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतकको टाउकोमा बन्चरो वा त्यस्तै धारिलो हतियारले प्रहार गरेको देखिन्छ। ८१ वर्षे वृद्धले शव घिसारेर घर नजिकैको बाँसघारीतिर लैजादै गर्दा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

बुढाथोकीको घर लेटाङमै भए पनि उनी घरमा भन्दा अन्यत्रै बढी बस्ने गरेको स्थानीयले बताएको प्रहरी भनाइ छ । सोमबार बेलुका मृतक र हत्या आरोपी वृद्धसँगै मदिरा सेवन गरेको स्थानीयले बताएका छन्। मदिरा सेवनपछिको विवादका कारण हत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ । पक्राउ परेका भुजेललाई इलाका प्रहरी कार्यालय लेटाङमा राखिएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार