प्रहरी चौकीमा कार्यरत प्रहरीबीच झडप हुँदा हवल्दार घाइते

धनगढी । दार्चुलामा प्रहरीहरुबीच नै प्रहरी चौकीमा झडप भएको छ । बुधबार राति करिब ८ बजे मालिकार्जुन प्रहरी चौकीमा कार्यरत प्रहरी र ट्राफिक प्रहरीबीच झडप भएको हो ।

चौकी इञ्चार्ज, ट्राफिक प्रहरी र प्रहरी हवल्दारबीच विवाद बढ्दै गएपछि झडप भएको एक प्रहरी अधिकारीले पुष्टि गर्नुभयो । उहाँका अनुसार सवारी साधन चेकजाँचको विषयलाई लिएर विवाद भएको र विवादले उग्र रुप लिएपछि झडप भएको हो ।

झडपमा प्रहरी हवल्दार मदनसिंह धामी घाइते भएको बताइएको छ । उहाँको हात र शरीरमा चोट लागेको छ । यता, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले चौकीमा झडब भएकोबारे आफूलाई जानकारी नभएको बताउनुभयो । झडपमा संलग्न सुरक्षाकर्मीहरुलाई राति नै इलाका प्रहरी कार्यालय गोकुलेश्वर झिकाइएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार