मुलुकको आर्थिक संकट समाधान गर्न प्रधानमन्त्री जिम्मेवारी देखिनुभएन : पूर्व अर्थमन्त्री लोहनी

काठमाडौँ । पूर्व अर्थमन्त्री प्रकाशचन्द्र लोहनीले मुलुकको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले जिम्मेवारी महसुस नगरेको बताउनुभएको छ । नेपाल को अर्थतन्त्र संकटतिर जानु अर्थमन्त्रीसँगको मात्रै को कुरो नभएको लोहनीले बताउनुभयो ।

शुक्रबार विहान उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपालको अर्थतन्त्र संकटतिर जाँदै छ । अब यो अर्थमन्त्रीसँग मात्रै को कुरो भएन। देउवा सरकारको जिम्मेवारीको प्रश्न हो। प्रधानमन्त्रीले यो जिम्मेवारी महसुस गरेको देखिएन ।’बिस्तारै ओरालो लागेको अर्थतन्त्र समय मै सुधार गर्न नसके भीरको डिल मा पुग्न धेरै समय नलाग्ने पूर्व अर्थमन्त्री लोहनीको भनाइ छ । ‘अर्थतन्त्रमा संकट तथ्यांक मा मात्र सिमित रहँदैन। एक तह पुगे पछि तथ्याङ्कभन्दा मानिसको भावनाले प्राथमिकता लिनेछ,’ उहाँले लेख्नुभएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार