पार्टीमा कुनै असहजता छैन : गच्छदार

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले भर्खरै सम्पन्न नेपाली काँग्रेसको १४ औँ महाधिवेशनपछि पार्टीमा कुनै असहजता नरहेको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पार्टी सभापति शेरबहादुर देउवाले पहिलो चरणमा केन्द्रीय समितिमा केहीलाई मनोनित गरिसक्नुभएको प्रसङ्ग उल्लेख गर्नुभयो । उहाँले अधिवेशनको दौरानमा पार्टीका कार्यकर्ता बीचमा देखिने दूरी स्वभाविक भएको र यो विस्तारै कम हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।

पार्टीमा स्थानीय तहदेखि केन्द्रसम्म स्वस्थ प्रतिस्पर्धा भएकोले केही उतार चढाव हुनु स्वभाविक हो भन्दै यसलाई आफूले पनि स्वाभाविक रुपमा लिएको स्पष्ट गरे । उहाँले आगामी निर्वाचनमा पार्टी एकढिक्का भएर लाग्नुपर्ने धारणा पनि राख्नुभयो । उहाँले तीनै तहको निर्वाचन एकै पटक वा अलग अलग गर्ने भन्ने विषयमा निर्वाचन आयोगले तयारी गरिरहेको पनि बताउनुभयो । अधिवेशनका दौरानमा देखिएका नकारात्मक कुरालाई बिर्सेर नेतृत्व पङ्क्ति एवं आम कार्यकर्ता र नेताहरु आगामी दिनमा एक ढिक्का भइ अघि बढ्नुपर्ने उनको सुझाव थियो । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार