त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लक्ष्यभन्दा बढी राजश्व संकलन

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट ६ महिनामा साढे १३ अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ । विमानस्थलको भन्सार कार्यालयबाट साउनदेखि पुस महिनासम्ममा १३ अर्ब ५६ करोड रुपैयाँ राजश्व संकलन भएको हो ।

विमानस्थल भन्सारले यस अवधिमा ११ अर्ब ७२ करोड रुपैयाँ राजश्व संकलनको लक्ष्य पाएको थियो । भन्सार कार्यालयले लक्ष्यभन्दा १५.७ प्रतिशत बढी राजश्व संकलन गरेको हो । यस्तै, उक्त भन्सार कार्यालयबाट गत आर्थिक वर्ष २०७७/७८ को ६ महिनामा जम्मा ८ अर्ब ४ करोड रुपैयाँ राजश्व संकलन गरेको थियो ।गत आर्थिक वर्षको तुलनामा यस वर्षको ६ महिनामा ४ अर्ब ५२ करोड रुपैयाँ बढी राजश्व संकलन भएको हो ।

यो गत वर्षको यही अवधिको तुलनाको भन्दा ६८ प्रतिशतले बढी भएको त्रिभुवन भन्सार कार्यालयले जानकारी दिएको छ । पछिल्लो समयमा विदेशबाट आयात हुने वस्तुको भन्सार जाँचपास गर्दा मूल्याङ्कनमा गरिएको सुधारका कारण राजश्व संकलनमा सुधार आएको हो । यस्तै, यात्रुले ल्याउने सुन तथा सुनका गहना र मोबाइलको प्रभावकारी नियमनले समेत राजश्व रकम बढाउन सहयोग पुगेको बताइएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार