कोरोना महामारीमा खटेका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता र नि:शुल्क उपचारको माग

काठमाडौं । कोरोना महामारीमा खटेका स्वास्थ्यकर्मीलाई निस्शुल्क औषषि र उपचार लगायतको व्यवस्था मिलाउन राष्ट्रिय स्वास्थ्यकर्मी संघले सरकारसँग माग गरेको छ।

अस्पताल र स्वास्थ्य संस्थामा काम गरिरहँदा संक्रमित भएका स्वास्थ्यकर्मीलाई व्यवस्थित आइसोलेसनको व्यवस्था गर्नुपर्ने, संक्रमित स्वास्थ्यकर्मीको निस्शुल्क औषधि उपचारको व्यवस्था गर्नुपर्ने, स्वास्थ्यकर्मीको वीमा व्यवस्था गर्नुपर्ने जस्ता १३ बुँदे माग संघले राखेको छ। संघका अध्यक्ष रामबहादुर चन्दले आज विज्ञप्ति निकालेर कोभिड–१९ महामारीमा खटिने स्वास्थ्यकर्मीलाई दिने भनेको जोखिम भत्ता उपलब्ध गराउन पनि माग गरेका छन्।

‘सरकारले कोभिड १९ महामारीमा खटिने स्वास्थ्यकर्मीहरुलाई दिने भनिएको जोखिम भत्ता हालसम्म पनि पूरा नदिएकाले तुरुन्त दिइने व्यवस्था गरियोस्,’ विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य सेवा र खोप सेवा प्रदान गर्न खटिने स्वास्थ्यकर्मीहरुलाई पर्याप्त स्वास्थ्य सुरक्षा व्यवस्था र निस्शुल्क पिसीआर व्यवस्था गरियोस्।’उनीहरूले खोप केन्द्रहरूमा देखिएको भिडभाड नियन्त्रण गरिनुपर्ने पनि माग राखेका छन्।

त्यसका लागि स्वयमसेवक तथा सुरक्षाकर्मी परिचालन हुनुपर्ने उनीहरूको माग छ।खोप वा अन्य स्वास्थ्य सेवा प्रदान गर्दा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा हुने भिडभाड, तोडफोड र हातपात गर्नेलाई तुरुन्तै कारबाहीसंगै क्षतिपूर्तिको व्यवस्था होस्,’ संघले भनेको छ, ‘करारमा भएका स्वास्थ्यकर्मीहरुको म्याद थप गर्नुपर्छ।’जनस्वास्थ्यका मापदण्ड अपनाउने कार्यमा कडाइका साथ लागू गरिनुपर्ने पनि उनीहरूले सुझाव दिएका छन्। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार