थप ६७३४ जनामा कोरोना संक्रमण, ३ को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४ सय ६५ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ५ सय ४७ जना निको भएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३० हजार ८ सय ७७ रहेको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ६ सय २३ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार