विदेशबाट आउनेलाई ५ दिन होम क्वारेन्टिन अनिवार्य

काठमाडौँ । विदेशबाट नेपाल आउनेले ५ दिन अनिवार्य होम क्वारेन्टिन बस्नुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार जारी गरेको नयाँ आदेशमा यस्तो व्यवस्था गरिएको हो ।

‘विदेशबाट आउदा वा निकट सम्पर्कमा रही कन्ट्याक्ट ट्रेसिङमा परेमा परीक्षणबाट नतिजा नेगेटिभ आएपनि कम्तीमा ५ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने’, आदेशमा भनिएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार