प्रहरीमाथि लुटेरा समूहको आक्रमण, असई पोखरेल घाइते

जनकपुरधाम । धनुषामा गस्तीमा खटिएको प्रहरी टोलीमाथि लुटेरा समूहले आक्रमण गरेको छ । धनुषा प्रहरी प्रमुख एसपी बसन्त रजौरेका अनुसार लुटेरा समूहको आक्रमणबाट एकजना प्रहरी सहायक निरीक्षक (असई) घाइते हुनुभएको छ ।

घाइते हुनेमा बटेश्वरी प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) मनोज पोखरेल हुनुहुन्छ । टाउकोमा चोट लागेका उहाँको उपचार जारी छ ।

गएराति महोत्तरीको भंगहा नगरपालिका ७ बस्ने अमित पासवानको घरमा लुटपाट भइरहेको सूचना पाएपछि खटिएको गस्ती टोलीमाथि लुटेराहरुले आक्रमण गरेका थिए ।प्रहरीमाथि आक्रमण गर्ने ५ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरिएको प्रहरी प्रमुख रजौरेले बताउनुभयो। अनलाइखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार