थप ११३५२ जनामा कोरोना संक्रमण, ४ को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ११ हजार ३ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३ हजार ४ सय ९ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् ।

यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ६ सय २८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ६ सय १३ जना निको भएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ४७ हजार ९ सय २९ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार