सार्वजनिक भ्यानमा बिस्फोट हुँदा ७ जनाको मृत्यु

एजेन्सी । अफगानस्तिाको हेरान्त प्रान्तमा शक्तिशाली बिस्फोट हुँदा कम्तिमा साता जनाको मृत्यु भएको छ । शनिबार साँझ भएको सो बिस्फोटमा अन्य सात जना घाईते भएका छन् ।

घाईतेमध्ये केहीको अवस्था गम्भीर रहेको तालिवानी अधिकारीहरुले जानकारी दिए ।भ्यानको इन्धन राख्ने ट्यांकीमा बिस्फोट गराइएको प्रारम्भिक छानविनपछि पत्ता लागेको छ । यो आक्रमणको कुनै पनि समूहले जिम्मा लिएको छैन् ।

विष्फोट गराइएको यो सानो भ्यान सार्वजनिक यातायातका लागि प्रयोग हुँदै आएको थियो ।मृत्यु हुनेमा चार जना महिला रहेको हेरात प्रान्तीय अस्तपालका एक अधिकारीलाई उद्धृत गर्दै एबिसी न्युजले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार