गाडी दुर्घटना हुँदा १६ जना घाइते

धनगढी । कैलालीमा ट्रकसँग विंगर ठोक्किँदा १६ जना घाइते भएका छन्। सोमबार बिहान गोदावरी नगरपािलका–१ मा अत्तरियाबाट धनगढीतर्फ आइरहेको ना ४ ख १९१५ नम्बरको ट्रकसँग पछाडीबाट आइरहेको सु.प.प्र.०२००१ ख ११६६ नम्बरको विंगर ठोकिएको प्रहरीले जनाएको छ।

विंगरमा सवार रहेका सबै घाइते भई विभिन्न अस्पतालमा उपचाररत् रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिनुभयो।घाइते हुनेमा विंगर चालक गौरीगंगा–९ का धर्मराज जोशीसहित धनगढीका अमृता चन्द, बिमला जोशी, दिपिका जोशी छन्।

यस्तै, भारतमा बस्ने महेन्द्र रावत, चन्द्री रावत, अबजित रावत, रजनी हरिजन, किशोर हरिजन, प्रेम कुँवर र रूपन हरिजन पनि घाइते छन्।सोही दुर्घटनामा कञ्चनपुरको भीमदत्त नगरपालिकाका शारदा भट्ट, पुष्पा भट्ट, गोविन्द भट्ट, शुक्लाफाँटा–७ बस्ने मनि जोशी, रमेश जोशी घाइते भएका प्रहरीले जनाएको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार