ट्रकमा आगलागी

राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–४ विशाल चोकमा आज बिहान एक ट्रकमा आगजनी भएको छ। कुखुराको दाना बोकेर पूर्वतर्फ गइरहेको ना ५ ख १९११ नंको ट्रकमा आगजनी भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार कसले र किन ट्रकमा आगजनी गरेको भन्ने विषयमा अहिलेसम्म खुल्न सकेको छैन। उहाँले भन्नुभयो, ‘ट्रक चालक पनि सम्पर्कमा आएका छैनन्।’अज्ञात समूहद्वारा आगजनी गरिएको हुनसक्ने उहाँले बताउनुभयो।ट्रक भने पूर्णरूपमा जलेको छ।

यसैबीच आगो लागेको ट्रकलाई स्थानीय प्रहरी चौकीबाट गएको प्रहरी टोली र कञ्चनरूप नगरपालिकाबाट आएको बरुण यन्त्रले निभाएको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिनुभयो।यसअघि एक महिना अगाडि पनि सोही गाउँपालिका वडा नं ५ महुली पुलमा एक ट्रक जलाइएको थियो। रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार