डा.बाबुराम भट्टराईलाई कोरोना संक्रमण

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलाई कोरोना भाइरस संक्रमण भएको छ। पूर्व प्रधानमन्त्री समेत रहनुभएका भट्टराईले आफूलाई कोरोना संक्रमण भएको बताउनुभएको हो । बुधबार दिउँसो ट्वीटरमा उहाँले लेख्नुभएको छ, ‘सतर्कताका बाबजुद मलाई कोभिड–१९ ले पुनः संक्रमण गरेको छ।

पीसीआर रिपोर्ट पोजेटिभ आएको छ ।’ उहाँले कोरोनाको संक्रमण लक्ष्यण भने समान्य रहेको बताउनुभएको छ । ‘लक्षण सामान्य छ। केही समययता निकट सम्पर्कमा आउनुभएकाहरू सतर्क रहनुहोला। केही दिन आइसोलेसनमा रहनेछु,’ उहाँले लेख्नुभएको छ । गत कात्तिकमा पनि डा.भट्टराई र पत्नी हिसिला यमीलाई कोरोना संक्रमण भएको थियो। रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार