ग्याँस बुलेटमा च्यापिएर चालकको मृत्यु

काठमाडौं । काठमाडौंको बालाजुमा ग्यास बुलेटमा च्यापिएर एकजना चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक ४५ वर्षीय दिलिप राजवंशी रहेको प्रहरीले जनाएको छ ।

आज बिहान करिब पौने चार बजे बालाजु औद्योगिक क्षेत्र भित्र पार्किङ गरेर राखिएको ग्याँस बुलेटको सिसा पुछ्ने क्रममा दुर्घटना भएको हो । रोकि राखेको ग्याँस बुटेलको सिसा पुछ्दै गर्दा अचानक गुडेर अगाडि बढेपछि भारतीय नम्बरकै अर्को ग्यास बुलेटमा उनी च्यापिएका थिए ।

चालक राजवंशीको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो । राजवंशी च्यापिएको अर्को बुलेट चालकलाई महानगरीय प्रहरी वृत्त बालाजुले अनुशन्धानका लागि भन्दै नियन्त्रणमा लिएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार