उखुबारीमा गाडिएको अवस्थामा एक पुरुषको शव फेला

काठमाडौँ । मोरङको धनपालथान गाउँपालिका वडा ७ कमलपुरको बस्ती नजिकै एउटा उखुबारीमा खाल्डो खनेर गाडिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

उखुबारीभित्र खाल्डो खनेर गाडिएको अवस्थामा अन्दा ३०–३५ वर्षीय पुरुषको शव फेला परेको प्रहरी जनाएको छ । बुधबार उखु काट्न पुगेका किसानले उखुबारी भित्र खाल्डो खनेर पुरिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । लगाएको कपडासहित गाडिएको अवस्थामा फेला परेका पुरुषको पहिचान नभएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उखुबारीमा त्यस्तै अर्को खाल्डोसमेत भेटिएको छ । अर्को खाल्डोमा पनि शव हुन सक्ने प्रहरीले शंका गरेको छ । शंका लागेपछि उक्त खाल्डोमा पनि प्रहरीले उत्खनन् गरिरहेको छ ।करिब पाँच फिट गहिरो खाल्डोबाट निकालिएको शवको अनुहार पहिचान गर्न नसक्ने अवस्थामा छ। शवको प्रकृति हेर्दा हत्या गरी गाडेको हुनसक्ने प्रहरीले बताएको छ। नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार