अमेरिकन ब्राण्डको ‘थ्रीएम’ नक्कली मास्क बजारमा, चार जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अमेरिकन ब्राण्ड ‘थ्री एम’ का नक्कली मास्क बिक्री वितरण गरेको पाइएको छ । नक्कली ब्राण्डका मास्क विक्री गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

त्रिपुरेश्वरस्थित महालक्ष्मी इशान इन्टरप्राइजेजका सञ्चालक बुद्धिबहादुर कार्की र भोटेबहालस्थित अनटेस्ट सप्लायर्सका सञ्चालक सातदोबाटो बस्ने मुक्तिप्रसाद पोखरेल छन् । त्यस्तै, थ्रीएमका सप्लायर्स भोटेबहाल बस्ने एस अग्रवाल र यान्स लावटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुको साथबाट ६ हजार ११४ थान मास्क बरामद गरेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार