
काठमाडौं । संघीय प्रतिनिधिसभाको पूर्वनिर्धारित बैठक १० दिन पर सरेको छ।संघीय संसद सचिवालयले शनिबार सूचना जारी गरी बैठक सरेको जानकारी दिएको हो।
बैठक आइतबारका लागि तोकिएको थियो । तर, कोरोना संक्रमणको जोखिम यथावत् रहेको भन्दै सचिवालयले संसद बैठक सार्नुपरेको जनाएको छ। अब प्रतिनिधिसभा बैठक माघ २६ गते १ बजे बस्ने सचिवालयका महासचिव डा.भरतराज गौतमले बताउनुभयो। सेतोपाटीबाट