गृहमन्त्री खाणद्वारा १२ जिल्लाका प्रहरी प्रमुखहरुसँग टेलिफोन वार्ता

काठमााडौँ । गृहमन्त्री बालकृष्ण खाणले जिल्लामा शान्ति सुरक्षाको अवस्था, प्रहरीमा कोभिड–१९ को प्रभाव र प्रहरीको रासनबारे १२ जिल्लाका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गर्नुभएको छ ।

सोमबार गृहमन्त्री खाणले झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनुषा, सप्तरी, सिराहा, सर्लाही, अछाम, पर्सा, मकवानपुर र रौतहटका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गरी जिल्लाको वस्तुस्थितिबारे जानकारी लिनुभएको हो । गृहमन्त्री खाणले मुख्यगरी प्रहरीमा समग्र जिल्लामा कोभिड–१९ को प्रभाव, शितलहर र हिमपातको अवस्था, जिल्लामा समग्र सुरक्षा स्थिति, प्रहरीलाई सरकारले उपलब्ध गराउने रासन भत्ता वितरण कसरी हुन्छ भन्नेबारेमा जानकारी लिएको प्रहरी प्रमुखहरुले जानकारी दिनुभएको छ ।

सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन तिमिल्सिनाले गृहमन्त्री खाणले जिल्लामा शान्ति सुरक्षाको अवस्था, प्रहरीको रासन भत्ता, शितलहरको प्रभाव र न्यानो कपढा वितरणबारे जानकारी लिएको बताउनुभयो । तराईका जिल्लाका प्रहरी प्रमुखहरुसँग मन्त्री खाणले सिके राउत नेतृत्वको जनमत पार्टीको आन्दोलनबारे पनि जानकारी लिएको बताउनुभयो ।

सप्तरीका प्रहरी प्रमुख अविनारायण काफ्लेले जिल्लामा शान्ति सुरक्षाको स्थिति र सिके राउतको आन्दोलनको अवस्थाबारे जानकारी लिएको बताउनुभयो ।’जिल्लामा शान्ति सुरक्षाको अवस्था, सिके राउतको आन्दोलन, कोभिड–१९को अवस्था र प्रहरीको रासन भत्ताबारे मन्त्रीज्यूले जानकारी लिनुभयो,’ उहाँले भन्नुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार