नेपालमा आधा जनसंख्याले लगाए कोरोनाको दुबै डोज खोप

काठमाडौं । नेपालमा आधा जनसंख्याले कोरोनाको दुबै डोज खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार एक करोड ४९ लाख २७ हजार ८ सय ९८ जनाले दुबै डोज लगाएका छन्। त्यो भनेको कुल जनसंख्याको ५१.१ प्रतिशत हो।

यसैगरी एक करोड ७३ लाख २ हजार ७ सय ८७ जनाले पहिलो डोज लगाएका छन्। जुन कुल जनसंख्याको ६८।४ प्रतिशत हो। बुस्टर खोप लगाउनेको संख्या ४ लाख ९४ हजार १ सय ५४ पुगेको छ। सरकारले खोप अभियान सुरू गर्दा १८ वर्षमाथि उमेर भएकाहरूलाई लक्षित जनसंख्यामा राखेको थियो।

केन्द्रीय तथ्यांक विभाग अनुसार नेपालमा १८ वर्षमाथिका एक करोड ९९ लाख २२ हजार एक सय ६४ जनसंख्या रहेका छन्। यो हिसाबले १८ वर्ष माथिका एक करोड ९९ लाख २२ हजार एक सय ६४ जनाले खोपको पहिलो डोज लगाइसकेका छन्। ८६.९ प्रतिशत मानिसहरूले खोपको पहिलो डोज लगाएका छन्।

अब करिब आठ लाख जनाले मात्र खोप लगाउन बाँकी छ। तर त्यसमध्ये कति विदेशमा रहेकाले पनि खोप लगाउन बाँकी रहेकाहरू अझै कम हुनसक्छन्।यस्तै, १८ वर्ष माथिका ७०.७६ प्रतिशत मानिसहरूले भने खोपको पूरा डोज लगाएका छन्।हालसम्म ३ करोड २७ लाख २४ हजार ८ सय ३९ जना मानिसहरूले खोप लगाएका छन्। मन्त्रालयकै तथ्यांक अनुसार नेपालमा हालसम्म ४ करोड ५७ लाख ८ हजार ६ सय ४० डोज खोप भित्रिएको छ। सेतोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार