चौदण्डीगढीमा १५ शय्याको नगर अस्पलात बन्ने

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाले अत्याधुनिक सुविधा सम्पन्न नगर अस्पताल निर्माण हुने भएको छ । चौदण्डीगढी नगरपालिका–७ स्थित साकेला चोकमा अत्याधुनिक सुविधा सम्पन्न नगर अस्पताल भवनको परराष्ट्रमन्त्री डा.नारायण खड्काले शनिबार शिल्यान्यास गर्नुभएको हो ।

चौदण्डीगढी नगरपालिका–७ स्थित साकेला चोकमा करिब पाँच कठ्ठा क्षेत्रफलमा निर्माण हुन लागेको हो । यो अस्पताल साँढे तीन तले १५ शय्याको हुने छ ।करिब १२ करोड ४३ लाख ७७ हजार पाँच सय ४२ रुपैयाँ ४७ पैसा भ्याटसहितको लागतमा निर्माण हुन लागेको हो । नगर अस्पताल भवन फरक क्षमतामैत्री हुने इञ्जिनियर सन्तोष राईले जानकारी दिनुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार