प्रधानन्यायाधीशमाथिको महाभियोग प्रस्तावले मुलुकलाई थप द्वन्द्वतिर धकेल्यो : एमाले

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्तावले मुलुकलाई थप द्वन्द्वतिर धकेलेको प्रमुख प्रतिपक्षी दल एमालेले टिप्पणी गरेको छ । एमाले केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख विष्णु रिजालले आइतबार दिउँसो सामाजिक सञ्जालमार्फत् महाअभियोगबारे टिप्पणी गर्नुभएको छ ।

उहाँले महाअभियोग प्रस्तावलाई लिएर तीनबुँदे आरोप लगाउनुभएको छ । रिजालले लेख्नुभएको छ ‘१. प्रधानन्यायाधीशमाथिको महाभियोग प्रस्तावले मुलुकलाई थप द्वन्द्वतिर धकेलेको छ । यसबाट न्यायालय कब्जा गरी आफू अनुकूलका फैसला गराउने प्रपञ्च प्रकट भएको छ । २. स्थानीय चुनाव नगराउने षड्यन्त्र सुरु भएको छ । प्रतिपक्षसँग बन्न लागेको सम्बन्धलाई बिगारेको छ । ३.सत्तापक्षले महाभियोगको सिलसिला आरम्भ गरेको छ, जसको असर तुरुन्तै देखा पर्नेछ ।’ नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार