
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बचाउ गर्ने आफूहरुको मनसाय नभएको बताउनुभएको छ ।एमाले संसदीय दलको बैठकमा आज अध्यक्ष ओलीले जबरामाथि महाअभियोग प्रस्ताव दर्ता गर्ने समय र प्रवृत्तिको मात्र आफूहरुले विरोध गरेको बताउनुभयो ।
अध्यक्ष ओलीले निर्वाचान सार्ने, एमसीसी पारित गर्ने र अदालतलाई गिजोल्ने मनसायले महाअभियोग प्रस्ताव आएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताउनुभयो ।
नेता भट्टराईका अनुसार बैठकमा ओलीले प्रधानन्यायाधीश जबराप्रति एमाले सकारात्मक भएको वा एमालेको पक्षमा काम गर्नुभएको छ भनेर उहाँलाई बोकेर हिँड्नुपर्छ, जोगाउनुपर्छ भन्ने मनसाय एमालेको नभएको बताउनुभएको थियो । nagarikkhabar