भोलि बस्ने संसद् बैठक एमालेले अवरोध गर्ने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा अवरोध गर्ने भएको छ । एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमालेले निरन्तर संसद् बैठक अवरोध गर्दै आएको छ ।

बुधबार बस्ने संसद् बैठकमा सरकारले एमसीसी पेस गर्ने तयारी गरिएका बेला एमालेले अवरोध गर्ने भएको हो । ‘हामीहरूको माग पूरा भएको छैन । बुधबार बस्ने संसद बैठक पनि एमालेले अवरोध गर्छ,’ एमाले सांसद् शेरबहादुर तामाङले भन्नुभयो । एमालेको अवरोधका बीच पनि सभामुख सापकोटाले एमसीसी सम्झौता अनुमोदनका लागि पेस गर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

‘हाम्रो अवरोधकैबीच पनि सरकारले एमसीसी प्रस्ताव टेबुल गराएर सभामुख सापकोटाले प्रक्रिया अघि बढाउने सम्भावना छ,’ सांसद तामाङले भन्नुभयो । आफूले पदमुक्त गरेका १४ जना सांसद्को कारबाहीको सूचना जारी नगरेर सभामुख सापकोटाले एमाले विभाजनमा भूमिका खेलेको भन्दै एमालेले निरन्तर संसद बैठकमा अवरोध गर्दै आएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार