यमी समावेशी लोकतान्त्रिक पार्टी दर्ता गराउने तयारीमा

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) भित्र विवाद चर्किंदै जाँदा हिसिला यमीले समावेशी लोकतान्त्रिक पार्टी दर्ता गराउने प्रयासमा जुट्नुभएको छ ।

उहाँको पति पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलगायतले जसपा नेपालमा ‘समावेशी र सामूहिक नेतृत्व’का लागि अध्यक्ष उपेन्द्र यादवविरुद्ध संघर्ष चर्काइरहेको बेला यमीले भन्नुभयो ‘समावेशी लोकतान्त्रिक पार्टी’ दर्ता गराउने प्रयासमा जुट्नुभएको हो ।

त्यसका लागि गृहकार्य गरीरहेकी नेतृ यमीले भने यसबारे कुनै प्रतिक्रिया दिन मान्नुभयो । ‘पत्रकारहरूले पनि के के थाहा पाउँछन, पाउँछन ? म यसबारे केही बोल्दिनँ,’ यमीले संक्षिप्त प्रतिक्रिया दिँदै भन्नुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार