प्राङ्कस्टर सेडाई पक्राउ

काठमाडौँ । सार्वजनिक स्थलमा मजाक, ख्यालठट्टा वा मस्करी (प्राङ्क)को नाममा सर्वसाधारणको भिडिओ बनाउँदै हिँडेको आरोपमा प्रहरीले एक जना युट्युबरलाई पक्राउ गरेको छ।

‘नेपाली प्राङ्कस्टर्स’नाम युट्युब च्यानल सञ्चालन गर्ने झापा विर्तामोड नगरपालिका–४ का २७ वर्षीय आकाश सेडाईलाई प्रहरीले पक्राउ गरेको हो। भक्तपुर कौशलटार बस्दै आएका सेडाईलाई विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुर गरेको आरोपमा मंगलबार पक्राउ गरिएको साइबर ब्युरो भोटाहिटीले जनाएको छ।

उनले प्राङ्कको नाममा सर्वसाधारण व्यक्तिहरूलाई शारीरिक तथा मानसिक रूपमा सास्ती दिने, हैरान पार्ने र दिग्दारी दिनेजस्ता क्रियाकलाप गरी त्यस्तो भिडिओ युट्युब च्यानलमा राख्ने गरेको पाइएको साइबर ब्युरोका प्रवक्ता एसएसपी नविन्द अर्यालले बताउनुभयो। प्राङ्कको नाममा सर्वसाधारणलाई दुस्ख दिने गरिएको गुनासो आएपछि केही समयअघि गृह मन्त्रालयले त्यस्तो कार्यमा संलग्न व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिएको थियो।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार