माओवादी केन्द्रको बैठक फागुन २० सम्मका लागि स्थगित

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक फेरि स्थगित भएको छ । फागुन ८ र ९ गतेलाई बोलाइएको बैठक आगामी फागुन २० गतेसम्मलाई स्थगित भएको हो ।

विशेष राजनीतिक परिस्थितिका कारण बैठक स्थगित गर्नुपरेको माओवादी केन्द्रका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिनुभयो । २०७८ फागुन ८ र ९ गते हुने भनिएको पार्टी केन्द्रीय समितिको बैठक विशेष राजनीतिक परिस्थितिको कारणले फागुन २० गते बस्ने गरी स्थगित गरिएको छ’ मुख्यसचिव ढकालको भनाइ छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार