कमल थापाले प्रचण्ड–नेपाललाई भने : दोहोरो चरित्र बन्द गर्नुहोस्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल थापा ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई दोहोरो चरित्र बन्द गर्न भन्नुभएको छ ।

शुक्रबार उनले सामाजिक सञ्जालमार्फत् प्रचण्ड(नेपाललाई दोहोरो चरित्र बन्द गर्न भन्नुभएको हो। सडकमा ढुंगामुढा र टायर बाल्ने अनि सत्ताको मोह पनि नछोड्ने दोहोरो चरित्र बन्द गर्नुहोस्,’ उहाँले लेख्नुभएको छ। एमसिसी विरूद्धमा भए खुलेर प्रतिवाद गर्न समेत सुझाव दिनुभएको छ।

‘एमसिसीविरुद्धमा हुनहुन्छ भने खुलेर प्रतिवाद गर्नुहोस्। सरकारमा बस्ने अनि सरकार कै विरोधमा सडकमा प्रदर्शन गर्ने ‘गाईजात्रा’ ले संविधान र व्यवस्था कै खिल्ली उडाएको छ,’ उहाँले थप्नुभयो।

कमल थापाले माघ २५ गते आफ्नो गृह जिल्ला हेटौडा पुगेर राप्रपाबाट राजीनामा दिनुभएको थियो । एकता महाधिवेशनमा अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजीत हुनुभएको थियो । उहाँ अहिले राप्रपा नेपालका अध्यक्ष हुनुहुन्छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार