बास्कोटाको व्यङ्ग्य : जस्केलाबाट जन्मेको एउटा नक्कली पार्टीको फाइँफुइँ आजदेखि धुलीसात्

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेता गोकुलप्रसाद बास्कोटाले एमसीसी प्रकरणमा नेकपा (एकीकृत समाजवादी)को फाइँफुइँ आजदेखि सकिने भन्दै व्यङ्ग्य गर्नुभएको छ ।आज (आइतबार) प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता टेबल गर्न दिन एकीकृत समाजवादी सहमत भएको छ ।

शनिबार बसेको एकीकृत समाजवादीको स्थायीक कमिटी बैठकले जस्ताको तस्तै एमसीसी पारितमा आफ्नो सहमति नरहे पनि छलफलका लागि संसद्मा पेस गर्न भने अवरोध नगर्ने निर्णय गरेको हो । साथै एमसीसी सम्झौता संसद्मा पेस हुँदा मन्त्रीहरुले पक्षमै मत दिनुपर्ने तर त्यही पार्टीका अन्य सांसद्ले बहिस्कार गर्न पाउने सहमति भएको खबर पनि सार्वजनिक भएको छ ।

यसैलाई कटाक्ष गर्दै पूर्वसञ्चारमन्त्रीसमेत रहेका नेता बास्कोटाले नाम नलिइकन एकीकृत समाजवादीलाई ‘जस्केलाबाट आएको नक्कली पार्टी’ को उपमा दिँदै यसको फाइँफुइँ आजदेखि समाप्त हुने टिप्पणी गर्नुभएको हो । ‘जस्केलाबाट जन्मेको एउटा नक्कली पार्टीको फाइॅंफुइॅं पनि आजबाट धुलीसात हुने भएछ,’ बास्कोटाले समाजिक सञ्जालमा कटाक्ष गर्दै लेख्नुभएको छ,‘मन्त्रीहरुले भोट हाल्ने नेताहरुले बहिष्कार गर्ने, समाजवादी कायदा !’nagarikkhabar

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार