प्रचण्डको प्रस्ताव देउवाले मानेनन्

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीका सन्दर्भमा राखेको प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वीकार गर्नुभएको छ । सत्तारुढ दलको आइतबार बसेको बैठकमा प्रचण्डले एमसीसी टेबल गर्ने नै हो भने प्रस्तावलाई छलफलका लागि समितिमा पठाउन आग्रह गरेपनि देउवाले अस्वीकार गर्नुभएको हो।

अध्यक्षले, यदि तपाईं टेबुल गरि छाड्ने हो भने प्रस्तावलाई छलफलको लागि समितिमा पठाउन आग्रह गर्नु भयो तर प्रधानमन्त्रीज्यु भने टेबुल गरेर प्रक्रियामा लैजाने अडानमा रहनु भयो’, प्रचण्डको सचिवालयका तर्फबाट स्वकीय सचिव रमेश मल्लले बताउनुभयो। यस्तो स्थितिमा आ–आफ्नो विचार अनुसार सदनमा नै छलफल गर्ने समझदारी भएको मल्लको भनाइ छ ।

यस्तै प्रचण्डले कुनै पनि विधेयक सरकारको तर्फबाट सदनमा टेबुल गर्नु सैद्धान्तिक हिसाबले स्वाभाविक प्रक्रिया भएपनि हाल लामो समयदेखि सदन अवरुद्ध भएकाले अरु कुनै पनि विधेयक टेबुल नभएको अवस्थामा सभामुखलाई एमसीसी मात्र टेबुल गर भन्नु उपयुक्त नहुने धारणा पनि प्रचण्डले राख्नुभएको थियो ।

प्रचण्डमा देउवाले कुनै पनि हालतमा टेबल गर्ने बताएपछि सत्ता गठबन्धनमा सोहीअनुसार सहमति भएको छ । ‘गठबन्धनमा सहमति भएको छ, अब एमसीसी टेबल हुन्छ’, बैठकपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताउनुभयो । टेबल भएपनि पारित गर्नमा माओवादीलगायतका दलले नसघाउने बताउनुभएको छ । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार