नुवाकोटमा बस दुर्घटना हुँदा ५६ जना घाइते

काठमाडौं । नुवाकोटमा बस दुर्घटना हुँदा ५६ जना घाइते भएका छन्। किस्पाङ गाउँपालिका–३ किटनी बगर नजिकै बस दुर्घटना हुँदा ५६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक (एसपी) रामप्रसाद शाहले जानकारी दिनुभयो।

उहाँका अनुसार आइतबार बिहान कृष्णा गाउँपालिका–१ साल्मेबाटबाट जाँदै गरेको बागमती प्रदेश ३–०१–०६ ख १५४१ नम्बरको बस किटनी बगर नजिक बाटोभन्दा २० मिटर तल खसेर दुर्घटना भएको हो । बस ओभरलोडका कारण अनियन्त्रित भएर दुर्घटना भएको उहाँले बताउनुभयो । घाइते भएकाहरूको त्रिशूली अस्पतालमा उपचार भइरहेको एसपी शाहले बताउनुभयो । उहाँले गम्भीर ७ जना घाइतेहरूलाई एम्बुलेन्समा काठमाडौं पठाएको र दुई जनालाई हेलिकप्टरमार्फत् काठमाडौं ल्याइएको उहाँले बताउनुभयो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार