प्रदेशको नामांकनमा एमालेको सहयोग अपरिहार्य

पाँचथर । प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले प्रदेश १ को नामांकन चाँडै हुने बताउनुभएको छ ।

मंगलबार बिहान पाँचथर सदरमुकाम फिदिम पुगेका उनले नेपाल पत्रकार महासंघ पाँचथर शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले नेतृत्वको सरकारले चार वर्षसम्म नटुंग्याएको नाम कांग्रेस सम्मिलित गठबन्धनको सरकारले टुंगाएर छोड्ने दाबी गर्नुभयो। यद्यपि नामांकनमा एमालेको समर्थन भने अपरिहार्य रहेको उहाँको भनाइ थियो ।

प्रदेशको नामांकनका लागि सरकारले प्रदेश सांसदमा उपस्थित रहेका दलहरूसँग समन्वय गर्न उच्चस्तरीय कार्यदल गठन गरेको भन्दै उहाँले फागुन १० गतेदेखि सो समितिले दलहरूसँग संवाद थाल्ने पनि बताउनुभयो । ‘प्रदेश सांसदमा एमालेको बहुमत रहेकाले उसको सहयोगबिना प्रदेशको नामाकरण गर्न सजिलो छैनस त्यसैले उसको पनि सहमति लिएर नामको टुंगो लगााउँछौं‚’ उहाँले भन्नुभयो । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार