अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपाल यथावत्

काठमाडौँ । आइसिसीले टी–२० क्रिकेटको नयाँ वरीयता सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक गरेको वरीयतामा नेपाल १३औँ स्थानमा यथावत् छ । १३औँ स्थानमा रहँदै नेपाल वरीयतामा तलमाथि नभइ यथास्थानमै रहेको हो ।

भारत टी–२० वरीयताको शीर्ष स्थानमा उक्लिएको छ । वेस्ट इन्डिजविरुद्ध घरेलु मैदानमा सम्पन्न तीन टी–२० क्रिकेट शृंखलामा ‘क्लिन स्विप’ गरेसँगै भारत वरीयताको शीर्ष स्थानमा उक्लिएको हो ।

वरीयताको दोस्रो स्थानमा इंग्ल्यान्ड छ । तेस्रोमा पाकिस्तान, चौथोमा न्युजिल्यान्ड, पाँचौँमा दक्षिण अफ्रिका, छैटौँमा अष्ट्रेलिया, सातौँमा वेस्ट इन्डिज, आठौँमा अफगानिस्तान, नवौँमा श्रीलंका र १०औँमा बंगलादेश छ ।वरीयतामा एसोसिएटतर्फ भने सयुक्त अरब इमिरेट्स (युएइ) शीर्ष स्थानमा छ । युएइ वरीयताको १२औँ स्थानमा छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार