एमसीसीमा असहमति जनाउनेहरूले सरकार छाड्नुपर्छ : विष्ट

गुल्मी । नेकपा एमालेका सचिव गोकर्ण विष्टले सत्ता गठबन्धनका केही राजनीतिक दलहरूले एमसीसीका विषयमा दोहोरो चरित्र देखाएको आरोप लगाउनुभएको छ ।

गृहजिल्ला गुल्मीको मुसिकोट नगरपालिका–५ आँपचौरको तल्लाफाँटमा सहिद पार्कमा निर्मित विभिन्न भौतिक संरचनाको उद्घाटन गर्दै उहाँले भन्नुभयो,‘सत्ता मै रहेका कतिपय राजनैतिक दलका मित्रहरूले म मन्त्री भएको हैसियतले एमसीसीमा असहमति जनाउन मिल्दैन तर सांसदको हैसियतमा भने एमसीसी पास गर्न हुन्न भन्ने पक्षमा छु भनेको सुन्छु ।’

‘यस्तो पनि कहीँ हुन्छ ? उहाँले प्रतिप्रश्न गर्दै थपे,‘संसदीय इतिहासमा यस्तो लाज मर्दो, अनौठो तमासा अहिलेसम्म कहीँ कतै देखिएको थिएन । मन्त्री पद जोगाउनका लागि एमसीसीको पक्षमा हुने, बाहिर चाहिँ एमसीसीको विपक्षमा कार्यकर्ता उराल्ने ? एमसीसीको विपक्षमा भए सरकार छाड्नुपर्‍यो नत्र यस्तो तमासा देखाउनु भएन,’ उहाँले थप्नुभयो । आफ्नो पार्टी एमालेको तर्फबाट भने एमसीसीका बारेमा उहाँले धारणा खुलस्त पार्न सक्नुभएन । उहाँले भन्नुभयो, ‘एमसीसी लगायतका मुद्दामा नेकपा एमालेले राष्ट्र र जनताको हितमा निर्णय लिने छ ।’ रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार