ओली भेट्न गृहमन्त्री खाण बालकोटमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गृहमन्त्री बालकृष्ण खाण बालकोट पुग्नुभएको छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)मा सहमति जुटाउने अन्तिम प्रयास भइरहेका बेला गृहमन्त्री खाण ओली निवास बालकोट जानुभएको हो। भेटमा सत्ता गठबन्धन र एमसीसीबारे छलफल हुने बताइएको छ ।

त्यस्तै, ८ गते एमाले अध्यक्ष ओलीलाई लक्षित गर्दे एमसीसी विरोधी प्रदर्शनकारीले ढुंगा हानेको विषयमा पनि कुराकानी हुने बताइएको छ । ओलीले आफू लक्षित गर्दै ढुंगा प्रहार भएपछि गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठाउनुभएको थियो। प्रधानमन्त्री शेरबहादुर देउवा र ओलीबीच मंगलबार भेटवार्ता भएको थियो । ओलीले देउवासँग झन्डै २ घन्टा कुराकानी गर्नुभएको थियो । तर, छलफलको प्रमुख विषय एमसीसीका सन्दर्भमा कुनै स्पष्ट जबाफ दिएनन् ।

एमाले नेता विष्णु रिजालका अनुसार गठबन्धनबाट आफ्नो सरकारलाई सहयोग नमिलेकाले एमसीसी अनुमोदन गराउन एमालेले सघाउनुपर्ने देउवाको आग्रह थियो । तर, एमाले अध्यक्ष ओलीले भने पहिले आफूहरुको माग पूरा हुनुपर्ने अडान कायम राख्नुभएको छ । एमाले विभाजन गरी बनेको नेकपा (एकीकृत समाजवादी)का १४ जना सांसद्लाई कारबाही हुनुपर्ने माग ओलीले पुनः स्मरण गराउनुभयो । जुन माग अगाडि सारेर एमालेले सदन अबरुद्ध गर्दै आइरहेको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार