गठबन्धन दल सबैले पक्षमा भोट हाल्नपर्‍यो या नयाँ समीकरण बन्नुपर्‍यो : भट्टराई

काठमाडौं । अमेरिकी अनुदान सहयोग एमसिसी संसदमा टेबुल भए पनि पास गर्ने विषयमा सत्ता गठबन्धनभित्रै मतभेद देखिएपछि जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले दुई विकल्प अगाडि सार्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत उहाँले पहिलो विकल्पका रूपमा गठबन्धनमा रहेका सबै दलले एमसिसीको पक्षमा भोट हाल्नुपर्ने बताउनुभएको छ । यस्तै नयाँ समीकरणलाई भट्टराई दोस्रो विकल्प अघि सार्नुभएको छ। ‘एमसिसीको डढेलो लगाएपछि यसलाई निभाउने जिम्मा सबै दलको हो।

सामान्य संसदीय कर्मकाण्ड पूरा गरेर पास गर्दा यसको भित्रीरबाहिरी स्वीकार्यता रहन्न’, उहाँले अगाडि भन्नुभएको छ ,‘यो विन्दुमा आएर पास नगर्दा देश झन् ठूलो सामरिक द्वन्द्वमा फस्छ। कि गठबन्धन दल सबैले पक्षमा भोट हाल्नपर्‍यो कि नयाँ समीकरण बन्नुपर्‍यो! अर्को बाटो छैन!’ सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार