काँग्रेस नेता डा.महतलाई सुरक्षा ‘थ्रेट’

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण मतलाई सुरक्षा थ्रेट बढेको विश्लेषण गरिएको छ । प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले महतमाथि सुरक्षा चुनौती बढेको निष्कर्ष निकालेसँगै उहाँको सुरक्षा बढाइएको छ ।

डा.प्रकाशशरण महतको सुरक्षामा व्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ) थप गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले बताउनुभयो । उहाँले भन्नुभयो– ‘एमसीसीका कारण उहाँलाई सुरक्षा चुनौती थपिएको विश्लेषण गरिएको छ ।’

डा.महतले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को पक्षमा बोल्दै आउनुभएको छ । एमसीसी अनुदान सहयोग नेपालमा आएको अहिलेसम्मको ठुलो सहयोग भएको भन्दै महतले सो परियोजनाले काम गर्दा नेपालले आफ्नै हिसाबले काम गर्न पाउने अधिकार रहेको बताउने गर्नुभएको छ । यसअघि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई अगुवा गाडीसहितको सुरक्षा दिइएको थियो । कार्कीले संसदमा एमसीसी टेबल गर्नुभएको थियो । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार