यथास्थितिमा एमसिसी पारित नगर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रले यथास्थितिमा एमसिसी पारित नगर्ने निर्णय गरेको छ। माओवादी केन्द्रका शीर्ष नेताहरूको बैठकले संशोधन नगरी एमसिसी पारित गर्न नसकिने निष्कर्ष निकालेको हो। त्यस्तै, बैठकले सत्ता गठबन्धन कायम राख्न पहल गर्ने निर्णय समेत गरेको छ।

‘अहिले जनमत एमसिसीको विपक्षमा छ। यस्तो बेलामा एमसिसी संशोधन नगरी पारित गर्न हुँदैन भन्ने हाम्रो स्पष्ट अडान छ,’माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले भन्नुभयो,’सत्ता गठबन्धन अहिलेको आवश्यकता हो। प्रतिगमनका विरूद्धमा बनेको यो गठबन्धन कायम राख्न अन्य दलसँग पनि छलफल गर्ने निर्णय भएको छ।’

अर्का नेता लिलामणि पोखरेलले एमसिसीको विपक्षमा मतदान गर्ने निर्णय भएको बताउनुभयो । उहाँले एमसिसीको विपक्षमा लाग्दा सरकारबाट बाहिरिन परे त्यसका लागि समेत तयार रहेको बताउनुभयो।माओवादी केन्द्रले आफ्ना कार्यकर्ताहरूलाई एमसिसीको विरोधमा सडकमा उतारेको छ।

तर एमसिसी सम्झौता गर्ने चरणसम्म धेरै पटक माओवादी नेताहरू सहभागी भएकाले विश्वसनीयताको कुरा आउने बहस पनि माओवादीभित्र सुरू भएको छ। बिहीबार एमाले नेताहरूसँग भएको छलफलमा समेत माओवादी नेताहरूले एमसिसी असफल गराउन सहयोग मागेका थिए।जवाफमा एमाले अध्यक्षले एमसिसी राष्ट्रघाती नभएको भन्दै प्रतिनिधि सभाको गतिरोध अन्त्य गर्ने वातावरण बनाउन भनेका थिए। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार