गलेश्वर पुलस्त्य पुलह अन्नदान क्षेत्रको तदर्थ समिति गठन

बेनी । म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरमा सञ्चालित गलेश्वर पुलस्त्य पुलह अन्नदान क्षेत्रको आज (शनिबार) तदर्थ समिति गठन भएको छ । अन्नदान क्षेत्रको भवनमा सम्पन्न भेलाद्वारा पण्डित भीमनाथ पराजुलीको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समित गठन गरिएको हो ।

उक्त भेलाले तदर्थ समितिको उपाध्यक्षमा हरिप्रसाद पौडेल, सचिवमा लोकेन्द्र खड्का, कोषाध्यक्षमा गौमाया गर्बुजा र सहसचिवमा बलराम सुवेदी चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा सुरेन्द्रराज पौडेल, रमा पौडेल, नारायण श्रेष्ठ, चिरञ्जीवी आचार्य, विन्दु कार्की पूर्जा र कमल पौडेल चयन भएको गलेश्वर पुलस्त्य पुलह अन्नदान क्षेत्रले जनाएको छ ।

तदर्थ समितिले आगामी दिनमा गलेश्वर पुलस्त्य पुलह अन्नदान क्षेत्रका लागि चाहिने विधान तथा विनियमलगायत निर्माण गरी आवश्यक प्रक्रिया पुरा गरेर नेपाल सरकारको सम्बन्धित कार्यालयमा दर्ता गर्ने जनाएको छ । गलेश्वरमा २०६१ सालबाट अन्नदान क्षेत्र सञ्चालन हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार