म्याग्दीमा बन्दको प्रभाव (तस्बिरहरु)

बेनी ।एमसीसीको विरोधमा रहेका विप्लव नेतृत्वको नेकपासहितका ६ दलको बन्दको प्रभाव म्याग्दीमा परेको छ । बन्दकर्ताले शैक्षिक संस्थाका प्रतिनिधिलाई फोन गरेर समेत बन्दको अवज्ञा नगर्न सचेत बनाउन थालेपछि बन्दको प्रभाव देखिएको हो ।

बन्दका कारण म्याग्दीबाट छुट्ने लामो तथा छोटो दुरीका कुनै पनि सवारी छुट्न सकेनन् । सोमबार बिहानैदेखि बन्दकर्ताहरु बेनी बजारमा पसलहरु बन्द गराउँदै हिडेका छन् ।यहाँबाट पोखरा, काठमाण्डौ, नारायणगढ, बिरगंज, बुटवल लगायत बजारमा जाने सवारी नचल्दा गन्तव्यमा हिँडेका यात्रु अलपत्र परेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार