पत्रकार सम्मेलन गर्दै प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पत्रकार सम्मेलन गर्ने हुनुभएको छ । उहाँले सोमबार दिउँसो ३ बजे खुमलटारमा पत्रकार सम्मेलन गरेर पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा विशेष सम्बोधन गर्ने हुनुभएको हो ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारेको व्याख्यात्मक घोषणा स्वीकार गर्ने निर्णयपछि पार्टीभित्रै समीकरण मिलाउन प्रचण्डलाई सकस परेको छ ।

आइतबार बसेको पार्टीको केन्द्रीय कार्यालयको विस्तारित बैठकले एमसीसी स्वीकार गर्ने निर्णय गर्दा पार्टीका नेता नारायणकाजी श्रेष्ठसहितका आधा दर्जन नेताहरुले चर्को असन्तुष्टि जनाएका थिए ।

साथै माओवादीको सहयोगमा एमसीसी संसद्‌बाट पारित भएपछि हजारौँ कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । यस्तो पृष्ठभूमिमा एमसीसीबारे स्पष्ट पार्न प्रचण्डले पत्रकार सम्मेलन राखेको बताइएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार