रोकिएको विद्युत खरिद सम्झौता खुलाउन इप्पानको दबाब

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले गत तीन वर्षदेखि रोकिएको विद्युत खरिद सम्झौता (पीपीए) खुलाउन विद्युत प्राधिकरणलाई दबाब दिन थालेको छ । प्राधिकरणले विगत तीन वर्षदेखि विद्युत उत्पादकहरूसँग विद्युत खरिद सम्झौता रोकेको छ ।

यद्यपी, ऊर्जा उत्पादनको नयाँ लाइसेन्स बाँड्न भने रोकिएको छैन । यही दोहोरो नीति हटाउन भन्दै प्राधिकरणलाई दबाब दिन लागेको आचार्यले बताउनुभयो । ‘आज एक बजे प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई ज्ञापनपत्र बुझाउँदैछौं,’ उहाँले भन्नुभयो, ‘विद्युत उत्पादनको लाइसेन्स बाँड्ने, तर खरिद सम्झौता नगर्ने प्रवृत्तिले हामीलाई समस्या परेको छ ।’ रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार