काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकासँग रुस–युक्रेन युद्धका विषयमा छलफल गरेको बताउनुभएको छ । उहाँले मंगलबार राति अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनसँग टेलिफोन कुराकानीमा रुस–युक्रेन युद्धका विषयमा छलफल भएको ट्विटरमार्फत् जानकारी दिनुभएको हो ।
‘अमेरिकी विदेशमन्त्रीसँग कुराकानी भएको छ । नेपालको गरिबी निवारण, विकास र जलवायु परिवर्तनका विषयमा छलफल भएको थियो । हामी हाम्रो प्रगतिको लागि ७५ वर्षको निरन्तर अमेरिकी समर्थनको कदर गर्छौँ,’ प्रधानमन्त्री देउवाले ट्विटरमा लेख्नुभएको छ, ‘हामीले युक्रेनमा रुसको आक्रमण र युक्रेनको सार्वभौमसत्ताप्रतिको हाम्रो समर्थनबारे पनि छलफल गर्यौँ ।’
टेलिफोन अमेरिकी विदेशमन्त्रीले गरेका थिए । टेलिफोनमा अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा पनि छलफल भएको थियो ।टेलिफोन कुराकानीपछि अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा एमसीसीलाई लिएर नेपालको संसदले अनुमोदन गरेको ‘व्याख्यात्मक घोषणा’लाय नोट गरेको जनाइएको छ । नागरिक खबरबाट






















