सुर्खेत । पूर्वमन्त्री समेत रहेका नेकपा एमाले नेता गोकुल बाँस्कोटाले एमाले रातो घोडा भएको भन्दै अन्य दलहरूलाई एमालेसँग लड्न आउन चुनौति दिनुभएको छ । वर्तमान गठबन्धन लामो समय टिक्न नसक्ने जिकिर गर्दै उहाँले एमालेसँग जो–जो आउनुहुन्छ लड्न आउनुस् हामी जित्छौँ भन्दै आग्रह समेत गर्नुभयो ।
प्रेस चौतारी नेपाल कर्णाली प्रदेश समितिको प्रथम अधिवेशनमा बोल्दै उहाँले भन्नुभयो,‘यो देशमा ओलिवेशन आयो–आयो म दाबीका साथ भन्छु, आउने निर्वाचनमा हामी पहिलो पार्टी बन्छौं ।’ साथै उहाँले अहिलेको सरकारलाई महावीर पुनको आविस्कार केन्द्रमा गएर नयाँ कुरा सिकेर आउन आग्रह गर्नुभयो । उहाँले पत्रकार महासंघका मर्यादामाथि प्रश्न उठाउपर्ने बताउनुभयो। ‘एमाले कर्मद्वारा जनताको मन जित्ने पार्टी हो’ उहाँले भन्नुभयो,‘दैलेखमा ग्यास उत्पादनन गर्नुपर्छ भन्ने एमाले हो भने कर्णालीका जनताले कहाँ मतदान गर्छन ?’
एमसीसीको बारेमा कुरा गर्दै पुष्पकमल दाहलले अमेरिकी साम्राज्यवाद भन्न विर्सनुपर्छ भन्दै प्रचण्डमाथि आक्रोश पोख्नुभयो । ‘संविधान जोगाउने उहाँहरु होइन आफ्नो छाला बचाउनका लागि एमसीसी पास गर्न सहमत हुनुभयो’ नेता बाँस्कोटाले भन्नुभयो। उहाँले प्रचण्ड र माधवविरुद्ध खनिदै भन्नुभयो, ‘पुष्पकमलले ल्याएर आएको संविधान होर रु अघिल्लो दिनसम्म राष्ट्रघात पछिल्लो दिन सहमति यो के नाटक हो रु ’ साथै एमालेले गरेका कामहरु सञ्चारमाध्यामले नलेखेको भन्दै मिडिया पक्षपाती भएको टिप्पणी उहाँले गर्नुभयो । रातोपाटीबाट






















