पर्यटन विकासमा मधेस प्रदेशसँग साझेदारी हुन्छ : मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मधेस प्रदेशको भ्रमणले पर्यटन विकासमा नयाँ आरम्भ भएको बताउनुभएको छ। जनकपुर–पोखराको सिधा हवाइ यातायातले विकासमा नयाँ सम्पर्क स्थापित भएको उल्लेख गर्दै उहाँले आगामी दिनमा पर्यटन विकासमा दुवै सरकारले साझेदारी गर्ने बताउनुभयो ।

मधेस प्रदेशका बैभवलाई गण्डकीसँग जोडेर आदानप्रदान गर्न सकिने बताउँदै पोखरेलले मधेस भ्रमणबाट नयाँ पाठ सिकेको पनि बताउनुभयो।मधेस प्रदेश सरकारको निमन्त्रणामा मुख्यमन्त्री पोखरेल १८ सदस्यीय प्रतिनिधिसहित गत शनिबार जनकपुर पुग्नुभएको थियो । उहाँ आज सोमबार पोखरा फर्कँदै हुनुहुन्छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार