चुनाव प्रचार अभियानमा गठबन्धनको विरोध नगरौं : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले सञ्चालन गर्ने चुनाव प्रचार अभियानमा सत्तारुढ गठबन्धनको विरोध नगर्न आग्रह गर्नुभएको छ ।

मंगलबार पार्टी कार्यालयमा बसेको पार्टीका शीर्ष नेता र केन्द्रीय सदस्यको बैठकमा उनले गठबन्धनलाई असर पर्ने गरी गतिविधि नगर्न आग्रह गर्नुभएको हो । ‘चुनावी प्रचारमा गठबन्धन विरोध कार्य नगर्नुहोला । कांग्रेसको पक्षमा माहोल बनाउनु होला’ सभापति देउवाको भनाइ उधृत गर्दै बैठकमा सहभागी केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिनुभयो । कांग्रेसले २९ फागुनदेखि एक महिनासम्म देशभर चुनाव प्रचार अभियान सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।

उक्त अभियानको अन्तिम तयारीका लागि शीर्ष नेता सहितको बैठक केन्द्रीय कार्यालयमा बसेको छ । बैठकमा केही केन्द्रीय सदस्यले निर्णय प्रक्रियामा आफुहरुलाई समावेश नगरिएको भन्दै शीर्ष नेतृत्वसँग असन्तुष्टि व्यक्त गर्नुभएको छ । यज्ञराज जोशी, नानु बाँस्तोला, रमा पौडेल, सरिता प्रसाईं, गोविन्द भट्टराई लगायतले चुनावी प्रचारमा पार्टीले गर्नुपर्ने कमबारे धारणा राखेका छन् । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार